संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्यालद्धारा

काठमाण्डौं, ०९ असाढ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा आयोजित "प्रथम समादेशक कार्यशाला -२०७९" तथा प्रतिष्ठानमा संचालित "सि.सं. ४ ईन्टेलिजेन्स (सिनियर अधिकृत) तालिम"  को एक कार्यक्रमका बिच समापन गर्नु भयो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले त्यस अवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार तथा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गर्नु भयो । समापनको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले फौजमा अनुशासनको महत्व बारे प्रकाश पार्नु हुदै तालिमले नै फौजलाई अनुशासनमा बाँधिन मुख्य भुमिका खेल्ने बताउनु भयो ।आजको सुरक्षा चुनौतिमा सशस्त्र प्रहरी बल, नेपालले आफ्नो कार्य सम्पादनलाई उत्कृष्ट तथा प्रभावकारी बनाउन खबर संकलन प्रक्रियालाई अझ मजबुत बनाउने कार्यमा यस तालिमले योगदान दिने चर्चा गर्नु हुदै सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले ईन्टेलिजेन्स तालिम सि.सं. ४ का प्रशिक्षार्थीहरुलाई संगठनले प्रदान गर्ने कार्य जिम्मेवारीमा अझ दत्तचित्त भएर लाग्न निर्देशन दिनु भयो ।  साथै सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले प्रतिष्ठानमा आयोजित समादेशक कार्यशाला सशस्त्र प्रहरी बल, नेपालको तालिमको गुणस्तर तथा तालिमको लागि आवश्यक श्रोत साधनको गुणस्तर सुधारको लागि एक सकारात्मक कदम भएको उल्लेख गर्नु हुदै तालिमलाई समय सापेक्ष तथा प्रभावकारी बनाउन प्रतिष्ठानमा मिति २०७९/०३/०७ र ०८ दुई दिन संचालित समादेशक कार्यशाला - २०७९ बाट यथोचित सल्लाह, सुझाव तथा प्रतिवेदन आउने आशा ब्यक्त गर्नु हुदै राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानबाट कार्यशाला आयोजना गर्न निर्वाह गरेको अग्रसरता तथा भुमिका प्रति धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरीक्त महानिरीक्षक नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक लगायत सशस्त्र प्रहरी बल, नेपाल उपत्यका स्थित बरिष्ठ अधिकृत तथा तालिम शिक्षालयका समादेशकहरुको उपस्थिति रहेको थियो । 

Updates

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाण्डौमा संचालित UNPOL Certified Instructors Development Course Job-Specific Training (JST) को कार्तिक 02 गते समापन गर्नुभएको छ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थको १६ ‍औं स्थापना दिवस निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नायारणदत्त पौडेलको प्रमुख आतिथ्यतामा असोज ३० गते विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।

Related Links