सशस्त्र प्रहरी सहायक निरीक्षक यूनिट आधारभूत तालिम समापन

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा साउन २६ गते सशस्त्र प्रहरी सहायक निरीक्षक यूनिट आधारभूत तालिम समापन भएको छ ।

सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाले सोहि प्रतिष्ठानमा आयोजित एक समारोहका बिच उक्त तालिमको अन्तिम प्रवचन गर्नु भएको हो ।

त्यस अवसरमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक तिउसीनाले सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम सम्पन्न गरी कार्यक्षेत्रमा खटिई जान लागेका जुनियर अधिकृतहरुलाई कार्यक्षेत्रमा खटिदा अत्यन्त आवश्यक आधारभूत ज्ञान तथा कार्यालयमा बिभिन्न जिम्मेवारीमा रही कार्य सम्पादन गर्दा आईपर्ने बिविध बिषयहरु बारेमा यथेष्ट ज्ञान दिने उद्देश्यले संगठनले यस तालिम आयोजना गरेको उल्लेख गर्नु हुँदै तालिमबाट प्राप्त सैद्धान्तिक तथा ब्यवहारिक ज्ञान कार्यक्षेत्रमा खटिदा अधिकतम उपयोग गरी उत्कृष्ट कार्य सम्पादनमा जुट्‍ने बिश्‍वास ब्यक्त गर्नु भयो ।

उहाँले संगठनको मेरुदण्डको रुपमा रहेका जुनियर अधिकृत दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुले कार्यक्षेत्रमा खटिई प्रदर्शन गरेका दक्षता, ब्यवसायिकताले संगठनको लक्ष्य प्राप्तीमा समेत महत्वपूर्ण भुमिका खेल्ने हुनाले उच्च अनुशासनमा रहेर निरन्तर अध्ययनसील रहदै दर्जागत रुपमा प्राप्त हुने जिम्मेवारीहरु निर्वाह गर्दा उच्च ब्यवसायिकताका साथ सम्पादनमा क्रियासील रहन कार्यक्षेत्रमा खटिई जान लागेका अधिकृतहरुलाई निर्देशन समेत दिनु भयो ।

कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक मनोज थापा लगायत सिनियर अधिकृतहरु, जुनियर अधिकृतहरु तथा बिल्लादार जवानहरुको समेत उपस्थिति रहेको थियो । 

३ हप्ता अवधिको उक्त तालिममा १२० जना सशस्त्र प्रहरी सहायक निरीक्षकहरु सहभागी रहेका थिए । 

Updates

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाण्डौमा संचालित UNPOL Certified Instructors Development Course Job-Specific Training (JST) को कार्तिक 02 गते समापन गर्नुभएको छ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थको १६ ‍औं स्थापना दिवस निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नायारणदत्त पौडेलको प्रमुख आतिथ्यतामा असोज ३० गते विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।

Related Links