सशस्त्र प्रहरी नायव महानिरीक्षक खत्रीबाट सि.सं. ३१ गुल्मपति तथा स्टाफ कोर्ष तालिमको प्रथम प्रवचन

        राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सि.सं. ३१ गुल्मपति तथा स्टाफ कोर्ष  संचालन भएको छ ।
       
प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नावय महानिरीक्षक अभि कुमार खत्रीले चैत्र २९ गते प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बिच पानसमा दीप प्रज्वलन गरी उक्त तालिमको समुदघाटन गर्नुभयो । सशस्त्र प्रहरी नावय महानिरीक्षक खत्रीले निर्देशन सम्बोधनको क्रममा तालिमको महत्वमाथि प्रकाश पार्नु हुदै मध्यम तहका सशस्त्र प्रहरी अधिकृतहरुलाई आवश्यक लिडरसिप क्षमता अभिबृद्धी गर्ने उद्देश्यले यस्ता ब्यवसायिक तालिमहरु निरन्तर संचालन गर्दै आई रहेको उल्लेख गर्नु हुदै तालिम समापन पश्चात प्रशिक्षार्थीहरुले  स्टाफ अधिकृतको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्न सक्ने बताउनु भयो । उहाँले यस्ता ब्यवसायिक तालिमबाट प्राप्त ब्यवशायिक ज्ञान  र सिपले कार्यक्षेत्रमा कार्य सम्पादनको क्रममा बिशेष सहयोग पुर्‍याउने बताउनु भयो ।१२ हप्ता अवधीको गुल्मपति तथा स्टाफ तालिममा स्टाफ ड्‍युटिज, अप्रेसन अफ वार,  सुरक्षा, माईनर ट्याक्टिस, ईन्टेलिजेन्स, कमाण्ड, म्यानेजमेन्ट,  काउण्टर ईन्सरजेन्सी, सशस्त्र प्रहरी बल प्याकेज, अपराध नियन्त्रण तथा प्रारम्भिक अपराध अनुसन्धान, बिभिन्न ऐन नियम लगाएतका बिबिध  बिषयहरुमा सैद्धान्तिक तथा ब्यवहारिक प्रशिक्षण गराईने जानकारी गराईएको थियो । तालिममा 33 जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन । कार्यक्रममा तालिमका प्रशिक्षक प्रशिक्षार्थीहरु लगायत प्रशिक्षण प्रतिष्ठानका सिनियर अधिकृत, जुनियर अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिति रहेको थियो । 

Updates

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाण्डौमा संचालित UNPOL Certified Instructors Development Course Job-Specific Training (JST) को कार्तिक 02 गते समापन गर्नुभएको छ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थको १६ ‍औं स्थापना दिवस निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नायारणदत्त पौडेलको प्रमुख आतिथ्यतामा असोज ३० गते विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।

Related Links