सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोह समापन

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा राष्ट्रिय
सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ र हुल तथा दंगा
व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा संचालित सि.सं. १५ (क) र (ख)
सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोह असार १३
गते प्रशिक्षण प्रतिष्ठानमा संयुक्त रुपमा समापन भएको छ ।
समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको
सम्मानमा दिक्षान्त कवाजका प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक
निरीक्षकहरुद्वारा सलामी अर्पण गर्नुकासाथै उहाँ समक्ष ईज्जत अर्पण कवाज
समेत प्रदर्शन गरिएको थियो ।
महानिरीक्षक अर्यालले उक्त तालिमका सर्वोत्कृष्ट प्रशिक्षार्थी सशस्त्र
प्रहरी सहायक निरीक्षक किरण सिंजाली र नवराज शाहीलाई खुकुरी प्रदान
गर्नुकासाथै क्रमशः कवाज, सहिष्णुता र चाँदमारीतर्फ उत्कृष्ट
प्रशिक्षार्थीहरुलाई समेत पुरस्कार प्रदान गर्नुभयो ।
दिक्षान्त समारोहलाई सम्बोधन गर्नहुँदै महानिरीक्षक अर्यालले तालिम
सफलतापूर्वक सम्पन्न गरी कार्यक्षेत्रमा खटिई जान लागेका सशस्त्र प्रहरी
सहायक निरीक्षकहरुलाई हार्दिक बधाई दिनुहुँदै तालिममा सिकाइएका ज्ञान,
कला र कौशललाई कार्यक्षेत्रमा खटिदा ईमान्दार, कर्तव्यनिष्ठ र लगनशिल भई
लाग्नुपर्ने बताउनुभयो ।
देश र नागरिकको सेवा र सुरक्षामा आफूलाई समर्पित गर्छु भनि सपथ लिएर
जनसेवामा जुट्ने अवसर सबैमा नहुने बताउनुहुँदै महानिरीक्षक अर्यालले
भन्नुभयो–‘तपाई र तपाईका आफन्तले गरेको गौरवले त्यसवेला सार्थकता पाउँछ,
जब तपाईले राज्य र नागरिकको सेवामा परिचालित रहँदा उत्कृष्ट कार्य
सम्पादनको दृष्टान्त प्रस्तुत गर्नुहुन्छ, अनि तपाईहरुले बगाएको पसिनाले
त्यतिवेला सार्थक पाउछ, जतिबेला तपाईहरुले भिन्नाभिन्नै भूगोलमा बसेर
नेपाली नागरिकहरुमा सुरक्षाको प्रत्याभूति दिई आपद् विपद् परेको समयमा
भरोषा दिलाउन सक्नुहुन्छ ।’
उहाँले राज्यप्रदत्त जिम्मेवारीका साथ नागरिकको सेवा र सुरक्षाामा
परिचालित रहन सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहुँदै
मानवअधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको पूर्ण परिपालना गरी
सामाजिक र पदियआचरण विपरित गतिविधिहरुमा नलागी आफूलाई एउटा अब्बल
अधिकृतको रुपमा परिचित गराउनेतर्फ लाग्नुपर्ने समेत बताउनुभयो ।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाललाई स्थापना कालदेखि
यहाँसम्म आईपुग्न संगठनमा हिजो र आजका दिनहरुमा सकल दर्जाका सशस्त्र
प्रहरी कर्मचारीहरुको त्याग, तपस्या र बलिदानको अनुकरणीय भूमिका रहेको
स्मरण गर्नुहुँदै नयाँ जोश र उर्जाका साथ दिक्षीत भई कार्यक्षेत्रमा खटिई
जान लागेका सशस्त्र प्रहरी सहायक निरीक्षकहरुको आगमनसँगै संगठनले अझ बढि
उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास लिएको बताउनुभयो ।
महानिरीक्षक अर्यालले उचित शिक्षा, दिक्षा र संस्कार दिई आफ्नो जीवनको
सहाराका रुपमा रहेका सन्ततीहरुलाई अन्य धेरै अवसर र गन्तव्यलाई थाती राखी
राष्ट्रसेवामा समर्पित रहन प्रेणित गर्नुहुने सम्पूर्ण
अभिभावकज्यूहरुप्रति हार्दिक आभार प्रकट गर्नुहुँदै तालिमको दौरानमा
अहोरात्र खटिने प्रशिक्षकवर्ग एवं प्रतिष्ठान तथा शिक्षालय परिवारलाई
बिशेष धन्यवाद दिनुभयो ।
प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक
अभिकुमार खत्रीले धन्यवाद ज्ञापनको क्रममा साधारण नगारिकबाट फौजी जीवनमा
प्रवेश गराउन आधारभूत तालिम अपरिहार्य रहेको बताउनुहुँदै
प्रशिक्षार्थीहरुलाई तालिममा सिकाईएका सैद्धान्तिक एवं व्यवहारिक
अभ्यासबाट योग्य, सक्षम र इमान्दार अधिकृत उत्पादन गर्नमा टेवा पुग्ने
बताउनुभयो ।
उहाँले सशस्त्र प्रहरी बल नेपालमा नयाँ नियुक्त भई कार्यक्षेत्रमा
परिचालित हुनु अगाडी दर्जा अनुसारको काम, कर्तव्य र अधिकार त्रुटिरहित
ढंगबाट सम्पादन गर्न तालिम अपरिहार्य रहेको बताउनुभयो ।


४६ हप्ता अवधिको उक्त आधारभूत तालिम १५ जना महिलासहित कुल १२० जना
सशस्त्र प्रहरी सहायक निरीक्षकहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् ।
दिक्षान्त समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष
श्रीमती अनिता लामिछाने अर्याल, अवकाश प्राप्त सशस्त्र प्रहरी
महानिरीक्षकहरु, चन्द्रागिरी नगरपालिकाका प्रमुख तथा उपप्रमुख, सशस्त्र
प्रहरी अतिरिक्त महानिरीक्षहरु लगायत सशस्त्र प्रहरी परिवार महिला संघका
पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, नेपाल प्रहरी तथा सशस्त्र
प्रहरी बल नेपालका सिनियर अधिकृत, देशका विभिन्न स्थानबाट आउनु भएका
अभिभावकहरुको समेत उपस्थिती रहेको थियो ।

Updates

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाण्डौमा संचालित UNPOL Certified Instructors Development Course Job-Specific Training (JST) को कार्तिक 02 गते समापन गर्नुभएको छ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थको १६ ‍औं स्थापना दिवस निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नायारणदत्त पौडेलको प्रमुख आतिथ्यतामा असोज ३० गते विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।

Related Links