सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलबाट विशिष्ट ब्यक्ति सुरक्षा तालिमको उद्‍घाटन

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाण्डौमा सिनियर अधिकृतहरुको लागि सि.सं. २ विशिष्ट ब्यक्ति सुरक्षा (सिनियर अधिकृत) तालिम संचालन भएको छ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले साउन २१ गते सोही प्रशिष्ठानमा आयोजित एक कार्यक्रमका बीच उक्त तालिमको उद्‍घाटन गर्नुभयो ।

त्यस अवसरमा उहाँले विशिष्ट ब्यक्तिको सुरक्षा संवेदनशील र महत्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गर्नुहुदै यस किसिमको जिम्मेवारीलाई त्रुटिरहित दंगबाट सम्पादन गर्न मेहनत र लगनशीलताका साथ तालिमबाट बढि भन्दा बढि ज्ञान आर्जन गर्न प्रशिक्षार्थीहरुले आफुलाई केन्द्रित गर्नुपर्ने बताउनु भयो ।

Updates

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाण्डौमा संचालित UNPOL Certified Instructors Development Course Job-Specific Training (JST) को कार्तिक 02 गते समापन गर्नुभएको छ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थको १६ ‍औं स्थापना दिवस निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नायारणदत्त पौडेलको प्रमुख आतिथ्यतामा असोज ३० गते विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।

Related Links