प्राविधिक सशस्त्र प्रहरी अधिकृत तथा अन्य दर्जा आधारभूत तालिमको दीक्षान्त समारोह

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थमा संचालित सि.सं. २५ प्राविधिक सशस्त्र प्रहरी अधिकृत तथा अन्य दर्जा आधारभूत तालिम भाद्र २६ गते समापन भएको छ ।

समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यूले तालिममा सर्वप्रथम, शारिरीक सहिष्णुता र चाँदमारीमा सर्वोत्कृष्ट हुनु भएका प्राविधिक सशस्त्र प्रहरी निरीक्षक गोपाल कडेल खत्रीलाई खुकुरी प्रदान गर्नु भयो ।

महानिरीक्षक अर्यालले तालिम सफलतापुर्वक सम्पन्न गरी कार्यक्षेत्र जान लाग्नु भएका अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुदै स्थापना कालदेखि हाल सम्म संगठनमा आवद्ध सशस्त्र प्रहरी कर्मचारीहरुले देश र जनाताको सेवा र सुरक्षामा बगाएको पसिनाले हामी सबैको शिर उच्च रहेको बताउनु भयो ।

महानिरीक्षक अर्यालले संगठनको स्वास्थ्य क्षेत्रलाई बिस्तृत, बृहत एवं सबैको पहुँचमा पुर्‍याउन अभियानकासाथ अघि बढि रहेको बताउनु हुदै केन्द्रिय अस्पताललाई  समयानुकुल स्तरोन्नती गरिदै लगिएको तथा केही फिल्ड अस्पताल र ट्रमा सेन्टर संचालनमा रहेको र यसलाई सबै प्रदेश तथा क्षेत्रमा बिस्तार गरिदै लैजाने योजना रहेको बताउने भयो ।

विश्‍व कोरोनाबाट महामारीबाट आक्रान्त भईरहेको समयमा नेपाल ए.पि.एफ.अस्पतालका चिकित्सक लगायत सम्पुर्ण स्वास्थ्यकर्मीले ज्यानको प्रभाव नगरी संक्रमित नागरिकहरुलाई पुर्‍याएको योगदानको सर्वत्र प्रशंसा भएको बनाउनु हुदै महानिरीक्षक अर्यालले भन्नुभयो प्रशंसा पाउन जति परिश्रम गर्नु पर्छ, त्यसलाई जोगाएर राख्न त्यो भन्दा बढी प्ररिश्रम गर्नु पर्छ, यो कुरा ख्याल राख्न जरुरी छ ।

उहाँले आफ्नो सन्ततीका लागि धेरै अवसर र गन्तब्यहरु हुदाहुदै पनि त्यसलाई थाँती राख्दै राष्ट्र सेवाका अविरल यात्रामा समर्पित गर्ने निर्णयमा पुग्नुहुने सम्पुर्ण अभिभावकहरु प्रति हार्दिक आभार प्रकट व्यक्त गर्नु भयो ।

16 हप्ता अवधिको तालिम स्वास्थ्य सेवा तर्फका प्राविधिक सशस्त्र प्रहरी निरीक्षक १६ जना र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक ३७ जना गरी जम्मा ५३ जनाले सफलतापुर्वक सम्पन्न गरेका छन ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरीक्त महानिरीक्षक नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, सशस्त्र प्रहरी बरिष्ठ अधिकृत, देशका बिभिन्न ठाउँबाट आउनु भएका अभिभावकहरु, सिनियर तथा जुनियर अधिकृतहरुको साथै बिल्लादार तथा जवानहरुको समेत उपस्थिती रहेको थियो  

Updates

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाण्डौमा संचालित UNPOL Certified Instructors Development Course Job-Specific Training (JST) को कार्तिक 02 गते समापन गर्नुभएको छ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थको १६ ‍औं स्थापना दिवस निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नायारणदत्त पौडेलको प्रमुख आतिथ्यतामा असोज ३० गते विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।

Related Links