सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट सि.सं. २४ प्राविधिक सशस्त्र प्रहरी अधिकृत तथा अन्य दर्जा आधारभुत तालिमको दिक्षान्त

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित
सि.सं. २४ प्राविधिक सशस्त्र प्रहरी अधिकृत तथा अन्य दर्जा आधारभुत तालिम
सम्पन्न भएको छ ।
       
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले असार ३ गते सोही प्रतिष्ठानमा
आयोजित तालिमको दिक्षान्त समारोहमा उक्त तालिममा सर्वप्रथम भएका
प्रशिक्षार्थी प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डा. एलिसा
महर्जनलाई सर्वोत्कृष्ट पुरस्कार स्वरुप खुकुरी प्रदान गर्नुका साथै
चाँदमारी र सहिष्णुतातर्फ उत्कृष्ट भएका प्रशिक्षार्थीहरुलाई पुरस्कार
तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
       
दिक्षान्त समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु
अर्यालले सशस्त्र प्रहरी बल नेपाललाई राज्यले प्रदान गरेका राज्यप्रदत्त
कार्यादेशलाई कुशलतापूर्वक बहन गर्न संगठनले आफ्नो मौजूदा जनशक्तिलाई
विशिष्टिकृत सेवा अनुरूप परिचालन गर्दै आइरहेको तथा पैदली फौज र
प्राविधिक जनशक्ति आफैंमा एक अर्काका परिपुरक रहेको बताउनुहँदै तालिम
सफलतापूर्वक सम्पन्न गरी दिक्षित हुनुभएका प्राविधिक अधिकृतहरुलाई
हार्दिक बधाइ तथा कार्यक्षेत्रमा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
       
उहाँले संगठनको स्वास्थ्य क्षेत्रलाई विस्तृत, बृहत एवं सबैको पहुँचमा
पुर्याउन एउटा अभियानका साथ लागि रहेको र विशेषज्ञलाई सिधै माथिल्लो
दर्जामा भर्ना लिने कार्यको शुरुवात भएको उल्लेख गर्नुहुँदै विशिष्ट
क्षमता, विशेषज्ञता र ज्ञानले भविष्यमा सशस्त्र प्रहरी बल नेपालको
स्वास्थ्य तथा सेवाको क्षेत्रमा थप विकास  र संगठनकै मान प्रतिष्ठा बढाउन
कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।
       
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले काठमाण्डौंको बलम्बुस्थित
केन्द्रिय अस्पताललाई समयानुकूल स्तरोन्नति गर्नुका साथै कोशी, मधेश,
लुम्बिनी प्रदेशमा फिल्ड अस्पताल र चितवनको कुरिनटारमा ट्रमा सेन्टर
सञ्चालनमा रहेको र बाँकी प्रदेशमा फिल्ड अस्पतालहरु स्थापना गरिने
बताउनुभयो ।
       
कार्यक्रममा सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव
महानिरीक्षक अभि कुमार खत्रीले प्रशिक्षार्थी अधिकृतहरुलाई सपथ ग्रहण
गराउनु भएको थियो ।
         
१६ हप्ता अवधिको उक्त तालिममा ५ जना प्राविधिक सशस्त्र प्रहरी नायव
उपरीक्षक, ३ जना प्राविधिक सशस्त्र प्रहरी निरीक्षक र १ जना प्राविधिक
सशस्त्र प्रहरी नायव निरीक्षक गरी कुल ९ जना प्रशिक्षार्थी अधिकृतहरुले
सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् ।
       
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल र
बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु एवं
अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।

Updates

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाण्डौमा संचालित UNPOL Certified Instructors Development Course Job-Specific Training (JST) को कार्तिक 02 गते समापन गर्नुभएको छ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थको १६ ‍औं स्थापना दिवस निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नायारणदत्त पौडेलको प्रमुख आतिथ्यतामा असोज ३० गते विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।

Related Links