सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीबाट उन्नत तालिमहरुको समुदघाटन तथा राष्ट्रिय अनुसन्धान अधिकृत आधारभूत तालिमका प्रशिक्षार्थीहरुलाई स्वागत कार्यक्रम ।

काठमाण्डौं, १३ असार । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले सोही प्रतिष्ठानमा संचालित सि.सं. १ प्रशासनिक व्यवस्थापन तालिम (सिनियर अधिकृत) तथा सि.सं. २९ गुल्मपति तथा स्टाफ तालिमकोपानसमा दीप प्रज्वलन गरी समुदघाटन गर्नुभयो । प्रशिक्षण प्रतिष्ठानमा संचालित यी तालिमहरुमा स.प्र.ना.उ. तथा स.प्र.नि. दर्जाका कुल ६५ जना अधिकृतहरुको सहभागीता रहेको छ ।सोहि अवसरमा प्रतिष्ठानका कार्यकारी अधिकृत कालीदास धौवजीले तालिममा सहभागी प्रशिक्षार्थी अधिकृतहरुलाई एंवराष्ट्रिय अनुसन्धान विभागबाट यस प्रतिष्ठानमा अनुसन्धान अधिकृत आधारभूत तालिम (सुरक्षा खण्ड) मा सहभागी हुन आएका २२ जना प्रशिक्षार्थीहरुलाई यस प्रतिष्ठानमा स्वागत गर्दै परीक्षाका विभिन्न चरणहरु पार गरी राष्ट्रिय अनुसन्धान विभागमा नवनियुक्त अनुसन्धान अधिकृतहरुलाई बधाई तथा तालिम सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।

सम्बोधनकै क्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले तालिमको महत्वमाथि प्रकाश पार्दै तालिम संचालन सम्वन्धमा प्रशिक्षण प्रतिष्ठानको मुल्य, मान्यता एंव नीति तथा तालिममा अनुशासनको महत्व सम्बन्धमा समेत प्रशिक्षार्थीहरुलाई जानकारी गराउनुभयो । ५ हप्ता अवधिको प्रशासनिक व्यवस्थापन तालिममा प्रशिक्षार्थीहरुलाई सशस्त्र प्रहरी बल, नेपालको दैनिक प्रशासनिक काम कारबाहीसंग सम्बन्धित विभिन्‍न सैद्धान्तिक तथा व्यवहारिक बिषयहरुप्रशिक्षण गराईने, १२ हप्ता अवधीको गुल्मपति तथा स्टाफ तालिममा पहिलो चरणमा स्टाफ ड्‍युटिज, अप्रेसन अफ वार, सुरक्षा, माईनर ट्याक्टिस, ईन्टेलिजेन्स, कमाण्ड म्यानेजमेन्ट, नेतृत्व जस्ता बिषयहरु तथा दोस्रो चरणमा काउण्टर ईन्सरजेन्सी, सशस्त्र प्रहरी बल प्याकेज, अपराध नियन्त्रण तथा प्रारम्भिक अपराध अनुसन्धान, बिभिन्न ऐन नियम जस्ता बिषयहरुमा प्रशिक्षण प्रशिक्षार्थी अधिकृतहरुलाई सैद्धान्तिक तथा ब्यवहारिक प्रशिक्षण तथा ६ हप्ता अवधिको अनुसन्धान अधिकृत आधारभूत तालिममा (सुरक्षा खण्ड) कवाज, हतियार तालिम, शारीरिक तालिम तथा विपद् व्यबस्थापन सम्वन्धी विषयहरु प्रशिक्षण गराईने व्यहोरा तालिमको कार्ययोजना प्रस्तुत गर्ने क्रममा जानकारी गराईएको थियो । कार्यक्रममा तालिमका प्रशिक्षक प्रशिक्षार्थीहरु लगायत प्रशिक्षण प्रतिष्ठानका सिनियर अधिकृत, जुनियर अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन सशस्त्र प्रहरी निरीक्षक विकास अधिकारीले गर्नुभएको थियो ।

Updates

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाण्डौमा संचालित UNPOL Certified Instructors Development Course Job-Specific Training (JST) को कार्तिक 02 गते समापन गर्नुभएको छ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थको १६ ‍औं स्थापना दिवस निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नायारणदत्त पौडेलको प्रमुख आतिथ्यतामा असोज ३० गते विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।

Related Links