सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीबाट राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुको लागि संचालन भएको प्रशिक्षक प्रशिक्षण तालिम तथा सहायक सूचक आधारभूत तालिमको प्रथम प्रवचन कार्यक्रम ।

काठमाण्डौं, १९ असार । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले सोही प्रतिष्ठानमा संचालित प्रशिक्षक प्रशिक्षण तालिम तथा सहायक सूचक आधारभूत तालिमको पानसमा दीप प्रज्वलन गरी समुदघाटन गर्नु भयो । प्रशिक्षण प्रतिष्ठानमा संचालित प्रशिक्षक प्रशिक्षण तालिम १५ जना र सहायक सूचक आधारभूत तालिम ७७ जना गरी जम्मा ९२ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ । सोहि अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक कालीदास धौवजीले प्रशिक्षार्थीहरुलाई यस प्रतिष्ठानमा स्वागत गर्दै तालिम सफलताको शुभकामना समेत व्यक्त गर्नु भयो ।

सम्बोधनकै क्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले तालिमको महत्वमाथि प्रकाश पार्दै तालिम संचालन सम्वन्धमा प्रशिक्षण प्रतिष्ठानको मुल्य, मान्यता एंव नीति तथा तालिममा अनुशासनको महत्व सम्बन्धमा समेत प्रशिक्षार्थीहरुलाई जानकारी गराउनु भयो । ४ हप्ता अवधिको प्रशिक्षक प्रशिक्षण तालिममा प्रशिक्षार्थीहरुलाई शारिरीक तालिम,  बाधापार, कवाज, हतियार हेण्डलिङ्ग आदि बिषयहरुमा प्रशिक्षण गराईने तथा करिव १७ हप्ता अवधिको सहायक सूचक आधारभूत तालिमका प्रशिक्षार्थीहरुलाई शारिरीक तालिम, बाधापार, कवाज, हतियार, बिपद् ब्यवस्थापन, हुल तथा दंगा ब्यवस्थापन, सुरक्षा, ट्याक्टिस, मेडिकल, नक्सा अध्ययन, फिल्ड ईन्जिनियरीङ्ग, ईन्टेलिजेन्स, फायरिङ्ग आदि बिषयहरुमा सैद्धान्तिक तथा ब्यवहारिक ज्ञान दिलाईने व्यहोरा तालिमको कार्ययोजना प्रस्तुत गर्ने क्रममा जानकारी गराईएको थियो । कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका उप- अनुसन्धान निर्देशक बिकास पाण्डे लगाएत प्रशिक्षण प्रतिष्ठानका सिनियर अधिकृत, जुनियर अधिकृत तथा विल्लादार जवान तथा उक्त तालिमका प्रशिक्षक प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन सशस्त्र प्रहरी निरीक्षक विकास अधिकारीले गर्नु भएको थियो ।

Updates

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाण्डौमा संचालित UNPOL Certified Instructors Development Course Job-Specific Training (JST) को कार्तिक 02 गते समापन गर्नुभएको छ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थको १६ ‍औं स्थापना दिवस निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नायारणदत्त पौडेलको प्रमुख आतिथ्यतामा असोज ३० गते विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।

Related Links