सशस्त्र प्रहरी बल नेपालमा पहिलो पटक सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययन अधिस्नातक डिप्लोमा (Post graduate diploma in security and disaster management studies (PGDSDMS)) कोर्ष संचालन भएको छ ।

सशस्त्र प्रहरी बल नेपालमा पहिलो पटक सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययन अधिस्नातक डिप्लोमा (Post graduate diploma in security and disaster management   studies (PGDSDMS)) कोर्ष संचालन भएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालन हुने सो कोर्षको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले असोज 18 गते उद्घाटन गर्नु भयो । प्रवेश परीक्षा उतिर्ण भई कोर्षमा सहभागी हुन सफल अधिकृतहरुलाई उहाँले सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो । महानिरीक्षक अर्यालले संगठनको अवधारणा अनुसार विशेषत सीमा सुरक्षा देशको आन्तरीक सुरक्षा तथा राजश्व संकलन र विपद् व्यवस्थापनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो ।

उहाँ संगठनको लक्ष्य प्राप्तिमा आबद् जनशक्तिले कार्यक्षेत्रमा प्रदर्शन गरेका हरेक क्रियाकलपमा निर्भर रहने हुदा यस प्रकारका शैक्षिक तथा पेशागत शिक्षाले अधिकृतहरुको व्यक्तित्व विकास गर्नुको साथै योग्य कमाण्डर निर्माणमा अहम भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।  कार्यक्मको विशेष अतिथि त्रिभुवन विश्वविघालय मानविकि तथा सामाजिकशास्त्र संकायका डिन प्रोफेसर डा.कुशुम शाक्यले सशस्त्र प्रहरी बल नेपालले त्रिभुवन विश्वविघालय मानविकी तथा सामाजिकशास्त्र  संकायमा सुरक्षा,बिकास र शान्ति अध्ययनमा स्नातकोत्तर (डिग्री)

कोर्ष संचालन गरिरहेकोमा नयाँ शैक्षिक कोर्ष सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययन अधिकस्नातक डिप्लोमा (PGDSDMS) को थालनि सरहानिय रहेको बताउनुभयो । उहाँले यस किसिमको पेशागत तथा शैक्षिक कोर्षले सीमा सुरक्षा तथा विपद् व्यवस्थापन लगायत विद्यमान सुरक्षा चुनौतिहरुको सामना र परास्त गर्न दक्ष जनशक्ति उत्पादनमा अहम भुमिका निर्वाह गर्ने उल्लेख गर्नुहुदै कोर्ष समापन पश्चात प्रशिक्षार्थीहरुलाई एपिएफ कमाण्ड तथा स्टाफ कोर्षमा सहभागी हुन समेत सहयोग पुग्ने बताउनुभयो ।

गुल्मपति तथा स्टाफ तालिमको पाठयक्रम समेत समावेश गरी दुई सेमेष्टरमा संचालन हुने सो कोर्ष मा 35 सशस्त्र प्रहरी निरीक्षक हरु प्रशिक्षार्थी रुपमा सहभागी रहेका छन ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल,चन्द्रप्रकाश गौतम र वंशिराज दाहाल लगायत त्रिभुवन विश्व विद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका सहायक डिन प्रोपेसर डा.तारा भुषाल, त्रिभुवन विश्व विद्यालय प्रध्यापक, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी ,सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा अधिकृतहरु समेत उपस्थिती रहेको थियो ।

 

Updates

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाण्डौमा संचालित UNPOL Certified Instructors Development Course Job-Specific Training (JST) को कार्तिक 02 गते समापन गर्नुभएको छ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थको १६ ‍औं स्थापना दिवस निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नायारणदत्त पौडेलको प्रमुख आतिथ्यतामा असोज ३० गते विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।

Related Links