सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा UNPOL Certified Instructors Development Course Job-Specific Training (JST) को असोज १६ गते उद्घारटन गर्नुभएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल
प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा UNPOL Certified Instructors
Development Course Job-Specific Training (JST) को असोज १६ गते उद्घारटन

गर्नुभएको छ ।
        महानिरीक्षक अर्यालले तालिम संचालनको लागि सहयोग पुर्या उनुहुने

संयुक्त राष्ट्र संघको सचिवालय लगायत सम्बन्धित संघसंस्था र
निकायहरुप्रति हार्दिक आभार प्रकट गर्नुहुँदै राष्ट्रिय सशस्त्र प्रहरी
बल प्रशिक्षण प्रतिष्ठानले तालिमलाई उदाहरणीय रुपमा संचालन गरी स्तरीय
ढंगले अगाडी बढाउने विश्वास व्यक्त  गर्नुभयो ।
         United Nations Police Division and Integrated Training Service  र

The US Department of State Bureau of International Narcotics and Law
Enforcement Affairs (INL)  को सहकार्यमा सो तालिम संचालन गरिएको हो ।

        यही October 19 तारिखसम्म संचालन हुने उक्त तालिममा बंगलादेश, भुटान,

फ्रान्स, भारत, मंगोलिया, नेपाल र श्रीलंका गरी ७ देशका १८ जना
प्रशिक्षार्थी अधिकृतहरुको सहभागिता रहेको छ ।
        कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ्ग, सशस्त्र

प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र
बंशीराज दाहाल लगायत राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका
कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, सशस्त्र
प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अधिकृत साथै विल्लादार तथा जवानहरुको
समेत उपस्थिती रहेको थियो ।


Updates

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाण्डौमा संचालित UNPOL Certified Instructors Development Course Job-Specific Training (JST) को कार्तिक 02 गते समापन गर्नुभएको छ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थको १६ ‍औं स्थापना दिवस निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नायारणदत्त पौडेलको प्रमुख आतिथ्यतामा असोज ३० गते विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।

Related Links