Custom and Border Security तालिम संचालन

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सि.सं. १ Custom and Border Security (सिनियर अधिकृत) तालिम संचालन भएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीले असोज २२ गते सो तालिमको उद्‍घाटन  गर्नु भएको हो । तालिममा ११ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र १६ जना सशस्त्र प्रहरी निरीक्षक सहित कुल २७ जना अधिकृतहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन ।

Updates

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाण्डौमा संचालित UNPOL Certified Instructors Development Course Job-Specific Training (JST) को कार्तिक 02 गते समापन गर्नुभएको छ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थको १६ ‍औं स्थापना दिवस निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नायारणदत्त पौडेलको प्रमुख आतिथ्यतामा असोज ३० गते विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।

Related Links